Section 124
झुट्टा वा भ्रमपूर्ण विवरण दिनेलाई हुने सजाय
कुनै व्यक्तिले विभागमा दिएको कुनै जानकारी वा विवरण जानाजानी: वा लापरवाही साथ पेश गरेको कारणले झुट्टा वा भ्रमपूर्ण भएमा वा त्यस्तो व्यक्तिले त्यस्तो बिषयका सम्बन्धमा कुनै खास कुरा-वा बिषयको जानकारी विवरणमा उल्लेख नगरी वा हटाई सो विवरण भ्रमपूर्ण हुन गएकोमा त्यस्तो व्यक्तिलाई चालीस हजार रुपैयाँदेखि एक लाख साठी हजार रुपैयाँसम्म जरिबाना वा छ महिनादेखि दुई वर्षसम्म कैदवा दुवै सजाय हुनेछ । स्पष्टीकरणः यस-दफाको प्रयोजनको लागि “विभागमा दिएको कुनै जानकारी वा विवरण” भन्नाले विभागमा वा यस ऐन बमोजिम कर्तव्य पालना गर्ने सिलसिलामा विभागबाट अख्तियार प्राप्त अधिकृत समक्ष लिखित रूपमा दाखिला गरिएको विवरण र देहाय बमोजिम दाखिला गरिएको विवरण सम्झनु पर्छः-

(क) निवेदन, सूचना, विवरण, उजूरी, वयान वा यस ऐन बमोजिम दाखिला गरिएको, तयार पारिएको, दिइएको वा पेश गरिएको अन्य कागजात,

(ख) विभाग वा विभागका कुनै अधिकृत समक्ष पेश गरिएको कागजात,

(ग) विभाग बा कुनै अधिकृतले कुनै व्यक्तिलाई सोधेको प्रश्नको उत्तर, वा

(घ) विवरण दिइने कुराको मनासिव जानकारी भएको कुनै

व्यक्तिले कुनै अर्को व्यक्तिमार्फत बिभाग वा कुनै अधिकृतलाई दिएको जानकारी ।